शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

डीआइजी ठाकुर ज्ञवाली नेपाल प्रहरीको २७ ओ आइजी

  पटक पढिएको

२०७६, २९ माघ बुधबार ०९:४३ मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी) मा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ज्येष्ठता, कार्य सम्पादन मुल्यांकनको आधारमा ज्ञवाली एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय लिएको हो । ज्ञवाली एक नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए । तीसबर्षे सेवाहदका कारण मंगलबार रातीदेखी प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त गरिएको हो।

खनालसंगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवानिवृत्त हुने भएका छन्। महानिरीक्षक (आईजी) नियुक्तिको लागि ज्ञवालीको नाम गृह मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले प्रहरी नियमावलीमा बिद्यमान ब्यवस्था कायमै रहेमा आगामी असार २४ गतेसम्म सम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

अवकाश हुने आ ईजी खनाल, तीन एआईजी र २२ जना डीआईजीहरु २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । खनालसँगै अवकाश पाउने डीआईजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् ।

यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआईजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका छन् ।

प्रहरी ऐन २०१२ र प्रहरी नियमावली ०७१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूबाट गर्नुपर्ने उल्लेख छ । तर एआईजी नभएको अवस्थामा डीआईजी मध्येबाटै आईजी नियुक्ति गर्न सकिनेछ ।

यसअघि खनाल पनि डीआईजीबाट नै आईजी भएका थिए भने उनी अघिका आईजी प्रकाश अर्याल पनि डीआईजीबाट नै आईजी भएका थिए ।

तपाईंको प्रतिकृयाहरू