शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

महरा सर लाइ क्लिन चिट

  पटक पढिएको

२०७६, ५ फाल्गुन सोमबार २२:३७ मा प्रकाशित

काठमान्ड़ो :

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।
अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त भएका हुन् यता कृष्ण बहादुर महरा लाइ स्वागत को लागि कारागार बाहिर कार्यकर्ता हरुको भिड थामीनसक्नु भएको थियो ।

तपाईंको प्रतिकृयाहरू