आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

भारतीय बिस्तारबादी नीतिको विरोध गर्दा अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ

भारतीय बिस्तारबादनीतिको बिरोध गर्दा अनेरास्ववियू का नेता पक्राउ

  पटक पढिएको

२०७७, २७ बैशाख शनिबार १४:४९ मा प्रकाशित

काठमान्ड़ो

 

बारम्बार भारत ले नेपाल माथि आफ्नो दादागिरी गर्दै आइरहेको हुनाले सतारुढ नेपाल कम्नियुस्ट पार्टी नेकपा का बिधार्थी संगठन अनेरास्वबियूले आन्दोला गर्दा अनेरास्वबियू का १०० औ नेता कार्यकर्ता पक्राउ परेका छन् | भारत  दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई केही बेरअघि माइतीघरबाट नियन्त्रणमा लिएको  अनेरास्वबियू का केन्द्रीय सदस्य उपदेश यादव ले जानकारी गराउनु भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ३५ पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको बताए । एसएसपी ज्ञवालीले माइतीघर-बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । त्यसमध्ये मोहन वैद्य नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ५ जना र बाँकी सत्तारुढ नेकपानिकटका विद्यार्थी नेता तथा कार्यकर्ता रहेका छन् ।

अनेरास्ववियूका नेताहरु रविन जङ्ग वस्नेत, समिर वुढाथोकि, निर्ग जैसि, सरोज कमाति, हरि भण्डारि, भुमि राज अधिकारी, असोक निरौला, निरोज श्रेष्ठ, सञजिव चौधरि, उपदेश यादव, एलिजा ढकाल लगायत पक्राउ परेका छन् ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

भारतले २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला चीन जोड्ने सडकमार्ग बनाएको हो । सडक निर्माण भइसक्दासम्म नेपाल सरकार त्यसबारे बेखबर रहेको पाइएको छ ।

भारतीय रक्षामन्त्री सिंहले उत्तराखण्डको पिथौरागढ, धार्चुला हुँदै कालापानी र लिपुलेक नाकाबाट चीन प्रवेश गर्ने सडकको भारतीय सेना प्रमुखसमेत उपस्थित कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण सम्पन्न गरेकामा भारतको बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले शुक्रबार ट्वीट गर्दै बीआरओले सीमा जोड्न केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएको भनेका छन् ।

 

तपाईंको प्रतिकृयाहरू