आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

सिमा रक्षा आन्दोलन नेपाल देश ब्यापी सुरु

  पटक पढिएको

२०७७, ३१ बैशाख बुधबार १७:१२ मा प्रकाशित

सुगौली सन्धिले महाकाली पूर्वको भूभाग नेपालको हो र विविध ऐतिहासिक प्रमाण एवम् आधुनिक जलविज्ञानले समेत महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै रहेको वैज्ञानिक तथ्य हुदाहुदै भारतले नक्कली महाकाली नदीको मुहान खडा गरी लिम्पियाधुरा देखि कालापानी-लिपुलेक सम्मको ठुलो नेपाली भू-भागमाथि माथि कब्जा जमाएको छ।
यसै क्रममा सिङ्गो विश्व कोरोना महामारीको चपेटामा परेको समयमा भारतले नेपालको लिपुलेक कालापानी क्षेत्रमा अवैध ढङ्गले निर्माण गरेको सडक उदघाटन पश्चात् देशभरि भारतिय अतिक्रमण र नेपाल सरकारको लाचारीता विरुद्धआन्दोलनहरु भै रहेका सिमा रक्षा आन्दोलन को अभियन्ता उपदेश यादव ले जानकारी गराए ।


विगत चार दिन देखि हाम्रो अभियान `सीमा रक्षा आन्दोलन नेपाल´ पनि राष्ट्रिय स्वाधीनताको यस आन्दोलनमा नेपाल सरकार समक्ष तपसिलका मागहरूका राख्दै अग्रमोर्चामा रहेको कुरा सबैलाई अवगत नै छ। नेपालमा कोरोना संक्रमणमा भएको वृद्धिलाई ध्यानमा राख्दै हामीले तत्काललाई सडक संघर्षलाई स्थगित गरी लकडाउनको पुर्ण पालना गर्दै आन्दोलनको वैकल्पिक स्वरुप तय  गर्ने निर्णय गरेका जानकारी आर्को आभिन्ता निर्घराज जैसी ले गराए ।


हाम्रो अभियान एवम् आन्दोलनको खबर सम्प्रेषण गर्नुहुने पत्रकार साथीहरु, हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग/समर्थन गर्ने देशभक्त जनसमुदाय एवम् सुरक्षाकर्मी साथीहरूलाई हार्दिक धन्यवाद । राष्ट्रिय स्वाधीनताको आन्दोलन जारी अभियन्ता रबिन राज बस्नेत ले बताए ।
हाम्रा मागहरु
१. भारत द्वारा अतिक्रमित लिम्पियाधुरा सम्मको भू-भाग समेटी तत्काल नयाँ राजनीतिक नक्सा सार्वजनिक गरी सरकारी प्रयोगमा अविलम्ब ल्याइयोस र सम्पुर्ण सीमा विवाद एकमुष्ट ढङ्गले समाधान गरियोस् ।
२. लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता लगायत अतिक्रमित सम्पुर्ण नेपाली भूभाग तुरुन्तै फिर्ता ल्याइयोस।
३. सीमा नियमन एवम् वैज्ञानिक तरिकाबाट व्यवस्थित गरी सीमा सुरक्षाको पुर्ण व्यवस्था गरियोस् ।
४. सन् १८१६ देखिका सम्पुर्ण असमान,राष्टघाती एवम् जनघाती सन्धि सम्झौतामा अविलम्ब खारेज गरियोस् l

तपाईंको प्रतिकृयाहरू