सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

नेकपाको सरकारले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

मन्त्रिपरिषद को बैठकले पेश गर्यो लिम्पियाधुरा सहितको नया नक्सा

  पटक पढिएको

२०७७, ५ जेष्ठ सोमबार २१:०० मा प्रकाशित

५ जेठ, काठमाडौं ।

नेकपा को २ तिहाइ   सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले   जानकारी दिए ।

भारतको बिस्तारबादी नीतिको बिरोध मा रास्ट्रबादी नेपलिहारु सडक तथा सदन तताएका कारण आज यो एतिहासिक कार्य सम्पान भएको छ |

भारतले  आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

तेती मात्र हिना नेकपा का सरकारले पहिलो चोटी दार्चुलामा आफ्नो सशस्त्र पोलिस समेत  खटाएको थियो  ।

भूमिसुधार मन्त्रि मनानिय पदमा अर्यालको बिशेष पहल बाट यो एतिहासिक कार्य सम्पन्न भएको जानकारी नेकपाका एक नेताले जानकारी दिए 

अहिले फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गर्‍यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएको छ ।

सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले कोरोना संकटपछि भनेको छ । त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू