आइतबार, २३ बैशाख २०८१   |   May 5 Sun, 2024

भारतले चन्द्रयान-३ मिशन आज साँझ चन्द्रमामा अवतरण गराउँदै

एजेन्सी भदौ ६, २०८० बुधबार

  पटक पढिएको

२०८०, ६ भाद्र बुधबार १८:०२ मा प्रकाशित

एजेन्सी भदौ ६, २०८० बुधबार
भारतले आज चन्द्रयान-३ चन्द्रमाको सतहमा अवतरण गराउँदैछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ ।
यदि यसो भयो भने भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले बुधबार साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ।
चन्द्रयान-३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा इसरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्याण्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरुको हकमा भारत चौथो देश बन्नेछ।
अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दैछ ।

तपाईंको प्रतिकृयाहरू