शुक्रबार, १४ बैशाख २०८१   |   April 26 Fri, 2024

राष्ट्रिय टोलीमा सुवासको कमब्याक, लर्ड्समा खेल्ने क्रिकेट टिम घोषणा

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार १५:०७ मा प्रकाशित

१ साउन, काठमाडौं । ओपनर सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका छन् ।

लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा हुँदा उनी अटाएका छन् । पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी छन् । यस्तै आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।

विनोद भण्डारी, सुनील धमला, सुशन भारी र दीपेन्द्र सिंह ऐरी वैकल्पिक खेलाडीमा परेका छन् ।

नेपाली टोली पर्सी बेलायत जानेछ । लड्र्समा एमसीसी र नेदरल्याण्डसँग २९ तारिखमा खेल्नेछ । नेपाली टोलीले नेदरल्याण्ड्सँग एकदिवसीय श्रृ‌ङ्खला पनि खेल्नेछ ।

तपाईंको प्रतिकृयाहरू