पटक पढिएको
इस्लामावाद, २५ असोज (रासस/सिन्ह्वा) : पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
घटनामा परी अन्य चार बालबालिका घाइते समेत भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । संवाददाताहरूका अनुसार मृत्यु भएका र घाइते भएका ती बालबालिकाहरू भत्किएको घर नजिकै खेलिरहेका थिए ।
घर भत्किए लगत्तै स्थानीय बासिन्दाले उनीहरूलाई बाहिर निकालेका थिए । उद्धार कार्यमा सरकारी उद्धारकर्ताहरू पुग्न सकेका थिएनन् । घटनामा परेका सवैलाई स्थानीयबासिन्दाले तत्काल स्थानीय अस्पतालमा पु¥याएका थिए । ती मध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मृत्यु भएका मध्ये छ जना बालक रहेका छन् भने दुई जना बालिका छन् । उनीहरू सवै १२ बर्ष भन्दा कम उमेरका भएको समाचारमा जनाइएको छ । घटनामा परी घाइते भएकाहरूको अहिले पनि उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । सिन्ध प्रान्तका मुख्य मन्त्री सिद मुराद अलि शाहले घाइतेहरूलाई पर्र्याप्त स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिनु भएको छ ।
© २०७५ पाठशाला बीरगंज स्टडी सेन्टरद्बारा प्रकाशित | सर्वाधिकार सुरक्षित
तपाईंको प्रतिकृयाहरू