आइतबार, २३ बैशाख २०८१   |   May 5 Sun, 2024

माल्दिभ्सको निर्वाचन परिणामबारे आइतबार सुनुवाई हुने

  पटक पढिएको

२०७५, २५ आश्विन बिहीबार २०:५६ मा प्रकाशित

कोलम्बो, २५ असोज (रासस/एएफपी) :  माल्दिभ्सको सर्वोच्च अदालतले निर्वाचनका बारेमा परेको मुद्धामाथी आउदो आइतबार सुनुवाई गर्ने जनाएको छ । हालै भएको राष्ट्रपतीय निर्वाचनबारेमा राष्ट्रपति अब्दुला यमीनले दिएको चुनौतीबारेमा आइतबार सुनुवाई गर्ने तय भएको अदालतले बिहीबार जनाएको हो ।

अदालतले सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिएको जानकारी अनुसार आइतबार दिउसो एक बजे सुनुवाई गर्ने निर्णय भएको छ । निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै राष्ट्रपति यमीनले अदालतमा मुद्धा दायर गर्नुभएको थियो । गत सेप्टेम्बर २३ तारिखका दिन भएको निर्वाचनमा अनपेक्षित रूपमा विपक्षी दलका उम्मेदवार इब्राहिम मोहमद सोलिह विजयी भएको घोषणा गरिएको थियो । उहाँले ५८.४ प्रतिशत भोट पाउनुभएको अधिकारीहरूले बताएका थिए ।

प्रमुख निर्वाचन आयुक्त अहमद सरिफसँगको छलफलपछि अदालतले सुनुवाइको समय तोकेको हो । सरिफले राजधानी मालेमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार यमीनले अहिलेको निर्वाचन परिणामलाई रद्ध गरी फेरी निर्वाचन गराउन माग गर्नुभएको छ । अमेरिका र युरोपेली संघले पनि यमीनले नस्वीकार्दासम्म निर्वाचनको परिणामलाई अगाडी नबढाउन चेतावनी दिएका छन् ।

आउदो नोभेम्बरमा कार्यकाल सकिन लागेका ५९ बर्षिय यमीनका समर्थकहरूले पनि निर्वाचनको परिणामलाई चुनौती दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू