शुक्रबार, २१ बैशाख २०८१   |   May 3 Fri, 2024

अरबौं विजुलीको बिल नतिर्नेको सुचीमा पूर्वराजा ज्ञानेन्द्र, पशुपति मुरारकादेखि शेखर गोल्छासम्म, कसले कत्ति तिर्न बाँकी ?

  पटक पढिएको

२०७५, २७ चैत्र बुधबार २३:०४ मा प्रकाशित

काठमाडौं/ कुनैबेला १८ घण्टासम्म लोडसेडिङ हुने हाम्रै नेपालमा अहिले त्यो समस्या हटेको छ । नेपाल विद्युतप्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त पाएसँगै कुलमान घिसिङले असम्भव जस्तै देखिएको लोडसेडिङको समस्या तत्काल समाधान गरेर देखाए ।

जुनबेला १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो, त्यतिबेला सर्वसाधारणका घरको बत्ति मात्रै निभ्ने गर्दथ्यो । ठूला उद्योग या भनौँ ठूला व्यापारीलाई लोडसेडिङको कुनै प्रभाव थिएन । नेपाल विद्युत प्राधिकरणले उनीहरुका लागि ‘डेडिकेटेड’ र ‘ट्रंक’ को लाईन मार्फत विजुली उपलब्ध गराएको थियो ।

तिनै उद्योग जसले आम नागरिक अंध्यारोमा बस्दा पनि विजुलीको आपूर्ती सहज रुपमा पाए, उनीहरुले नै अहिलेसम्म १० अरब भन्दा बढी रुपैयाँ बिजुलीको महशुल तिरेका छैनन् । २०७३ सालदेखि २०७५ फागुन सम्मको महशुल नतिर्नेको सुचीमा ठूला भिआइपी व्यापारीहरु छन् ।

महशुल गायव पार्नेहरु को को हुन ?

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ रुपैयाँ विजुलीको महशुल नतिर्नेहरुको लिष्टमा पूर्व राजा ज्ञानेन्द्र शाहदेखि उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुर्राकासमेत रहेका छन् ।

उच्च स्रोतका अनुसार विद्युत प्राधिकरणले डेडिकेटेड फिडर जोडेबापत ३१ वटा कम्पनिबाट रकम अशुल्न बाँकी छ ।ट्रंकलाईन मार्फत विजुली प्रयोग गर्ने ६७ वटा ठूला घरानिया उद्योगले सरकारलाई महशुल तिर्न अटेरी गरिरहेका छन् ।

नक्कली बिलको फन्डा के हो ?
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घखाँची सिमेन्टका मालिक पशुपति मुरारकाले ‘सरकारले नक्कली बिल देखाएर भुक्तानी मागेको’ आरोप लगाए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा आफूले ठूला घरानियाँ व्यापारीलाई बिलिङ नगरेको बताउँदै आएका छन् ।

व्यापारीहरु भने भित्रभित्र सेटिङ मिलाएर आफनो रकम मिनाहा गर्ने लाइनमा छन् । मिडियामा सरकारलाई नक्कली बिलको आरोप लगाउने मुरारकाले नै अरबौँ रकम महशुल बुझाएका छैनन् ।

कसले कत्ति तिर्न बाँकी ?

घोराहीमा रहेको सम्राट सिमेन्ट– ६ करोड ५० लाख रुपैयाँ
शाहिल अग्रवालको जगदम्बा स्टील– २ अर्ब ५० करोड रुपैयाँ
विके श्रेष्ठको स्वामित्वमा रहेको हामा आईरन– ९ करोड रुपैयाँ
पशुपति मुर्राका र भारतीय लगानीकर्ता अशोक गोयलको संयुक्त लगानीमा रहेको अशोक स्टील–२३ करोड रुपैयाँ
पूर्वराजा ज्ञानेन्द्र शाह र राजु केसीको लगानीमा रहेको सूर्य नेपाल–६ करोड ५० लाख रुपैयाँ
शेखर गोल्छा र दिवाकर गोल्छाको लगानीमा रहेको हुलास स्टील–२२ करोड रुपैयाँ
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे र ध्रुव थापाको लगानीमा रहेको कसमस सिमेन्ट–१३ करोड
दीनबन्धु गोयल, नन्दु राठी र अर्का एक व्यक्तिको लगानीमा रहेको मारुती सिमेन्ट –६० करोड रुपैयाँ
सर्राफ ग्रुप धनुषाले संचालन गरेको एभरेष्ट थेसर मिल–१३ करोड रुपैयाँ
रामचन्द्र संघाईले संचालनमा ल्याएको घेराही सिमेन्ट–७५ करोड रुपैयाँ
रामचन्द्र संघाईले नै संचालनमा ल्याएको रोल्पा सिमेन्ट– ३ करोड रुपैयाँ
हरी न्यौपाने र पूर्ण भट्ट शर्मा (अग्नीग्रुप) ले घोराहीमा संचालनमा ल्याएको सोनापुर सिमेन्ट–४० करोड रुपैयाँ
पशुपति मुर्राकाको अर्घाखाँची सिमेन्ट–४२ करोड रुपैयाँ
सुवास संघाईको जगदम्बा सेन्थेटिक–२० करोड रुपैयाँ
सुवास संघाईको त्रिवेणी स्पिनिङ मिल ३० करोड रुपैयाँ
सतिस मोर र विश्वनाथ गोयलको शिवम् सिमेन्ट–३१ करोड ६६ लाख

साभार channelnepal.com

तपाईंको प्रतिकृयाहरू